कञ्चनपुर- ३ बाट कांग्रेसका रमेश लेखक निर्वाचित

कञ्चनपुर- ३ बाट कांग्रेसका रमेश लेखक निर्वाचित

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन्। 

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार लेखकले प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालमाथि भारी मतान्तरको विजयी हासिल गरेका हुन् । उनले ३० हजार ५२३ मत पाए भने पालले १८ हजार ४४८ मत मात्रै ल्याउन सकिन्। 

साे क्षेत्र नं. ३ मा ५७ हजार ९५५ मत खसेको थियो। जसमध्ये ३ हजार ६९९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

Logo