कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन् ।
निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार लेखराज भट्टलाई पराजित गर्दै बलायर निर्वाचित भएका हुन् । उनले २६ हजार १७१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी भट्टले २२ हजार ५८७ मत पाएका छन् ।
बलायर कांग्रेसका सुदूरपश्चिम प्रदेशका सभापति हुन् भने भट्ट एमालेका प्रदेश ईन्चार्ज हुन् ।





























प्रतिक्रिया