बारामा बच्चा बने विधायक

बारामा बच्चा बने विधायक

केन्द्रबिन्दु
0
Shares

बारा निर्वाचन २ (क) प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार र २ (ख) मा जसपा उम्मेदवार बच्चा राउत अहिर निर्वाचित भएका छन् ।

जसपा–एमाले गठबन्धनका उम्मेदवार  बलविर चौधरीलाई  २ हजार ४२८ मतले पछाडि पार्दै  स्वतन्त्र उम्मेदवार कलवार विजयी भएका हुन् । जनता समाजवादी पार्टीले टिकट नदिएर वल्ब चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका कलवारले एमाले उम्मेदवार चौधरीलाई पराजित गरेका हुन् । त्यसैगरी बारा निर्वाचन क्षेत्र नं २ को (ख) मा जनता समाजवादी पार्टीका  बच्चा राउत अहिर विजयी भएका छन् । 

उनले १ हजार ३६३ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार रामअयोध्याप्रसाद यादवलाई पराजित गरेका हुन् । बच्चा राउत साही निर्वाचन क्षेत्रका निवर्तमान प्रदेशसभा सदस्य हुन् । उनि दोस्रो कार्यकालमा लागि पुन निर्वाचित भएका छन् ।

Logo