आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको हालसम्मको मतपरिणाम विवरणानुसार एमालेले ६ लाख ४० हजार मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६ लाख ३ हजार मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या तीन लाख २० हजार रहेको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र)को दुई लाख ८८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक लाख ७३ हजार, जनता समाजवादी पार्टी नेपालको ७७ हजार, नेपाल मजदुर किसान पार्टीको ५१ हजार, जनमत पार्टीको ५० हजार, नागरिक उन्मुक्ति पार्टीको ५० हजार, नेकपा (एकीकृत समाजवादी)को ४२ हजार, लोकतान्त्रिक समाजवादी नेपालको ३४हजार मत रहेको निर्वाचन आयोगले जनाएको छ ।





























प्रतिक्रिया