समानुपातिकमा कांग्रेस र एमालेको कट्यो आठ लाख मत, अरुको कति ?

समानुपातिकमा कांग्रेस र एमालेको कट्यो आठ लाख मत, अरुको कति ?

केन्द्रबिन्दु
0
Shares

जारी मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ ।

समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले बिहान ६ बजेसम्ममा आठ लाख ९४ हजार ४०९ मत पाएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले आठ लाख ५७ हजार ६२१ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ३२ हजार ५७५ मतसहित  तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले चार लाख दुई हजार ४९९ मत पाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ३३ हजार ३७५ मत पाएको छ । जनता समाजवादी पार्टीले एक लाख १२ हजार ५७९ मत ल्याएको छ । जनमत पार्टीले ६७ हजार ६१४, नागरिक उन्मुक्ति पार्टीले ६२ हजार ५४७, र नेकपा एकीकृत समाजवादीले ६१ हजार ७०४ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीले ५६ हजार १८३ मत पाएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार २०० मत ल्याउँदा हाम्रो नेपाली पार्टीले २९ हजार ४२३ मत पाएको छ। राष्ट्रिय जनमोर्चाले २१ हजार ८१४ मत पाएको छ भने मंगोल नेसनल अर्गनाइजेसनले १७ हजार १८६ मत पाएको छ । 

Logo