सुनसरी ३ मा गच्छदारभन्दा चौधरी ४ हजार मतले अघि

सुनसरी ३ मा गच्छदारभन्दा चौधरी ४ हजार मतले अघि

केन्द्रबिन्दु
0
Shares

सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार निरन्तर पछि परेका छन्। प्राप्त पछिल्लो मतपरिणाममा उनी नेकपा एमालेकी भगवती चौधरीभन्दा ४ हजार बढी मतले पछि छन्।

ताजा मतपरिणाम अनुसार एमालेकी चौधरीले ११ हजार ७१६ मत ल्याउँदा गच्छदारले ७ हजार ३२३ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली ४ हजार ८५५ मतसहित तेस्रो स्थानमा छन्। 

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका गच्छेदार विजयी भएका थिए। उनले एमालेकै भगवतीलाई हराएका थिए।

Skip This
Skip This
Logo