‘सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार तयार’

‘सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार तयार’

केन्द्रबिन्दु
0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार लागिपरेको बताएका छन् । 

आइतवार पाँचौ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री कुँवरले  समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार काम गरिरहेको बताएका हुन् । उनले सामाजिक सुरक्षा कोषको दायरा बढाउदै कार्यविधिमा छुटेका वस्तुहरु समावेश गरी रोजगारी सिर्जना गरी सामाजिक सुरक्षा कोषसँग जोड्ने बताए । 

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषमा रहेको एक प्रतिशत करलाई सामाजिक सुरक्षा कोषमा ल्याउने गरी छलफल भइरहेको बताए । उनले सामाजिक सुरक्षा योगदान गरेको रकम उत्पादन क्षेत्रमा लगानी गर्दा मात्रै मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए । 

उनले भने, ‘समाजिक सुरक्षा कोषमा श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्ने विषयमा छलफल गरिरहेका छौं । सामाजिक सुरक्षा कोषको कर एक प्रतिशत रहेको छ । त्यसलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने गरी छलफल भइरहेको छ । अहिले सरकार अस्थिरतातिर गएको छ । यसलाई कसरी स्थिरता प्रदान गर्ने विषय गम्भिर भएको छ । हामीले बहुमतको सरकार पनि बनायौं । तर पनि स्थिर सरकार पाउन सकेनौं । अब स्थायी सरकारको लागि कामना गरौं । सबैले बहुमतको सरकार हुँदा समेत स्थिर सरकार बनाउन सकेनौं त्यो विषयमा सबै गम्भिर भएर सोच्नुपर्छ । सामाजिक सुरक्षा योगदान गरेको रकम उत्पादन क्षेत्रमा लगानी गर्दा मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेछ । कोषले प्रविधिमा आधारित गुणस्तरिय सेवा प्रवाह गर्दै कोषले संकलन रकम कुशलतापूर्वक प्रयोग गर्ने विश्वास लिएको छु ।’
 
त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंक तथा उद्योगहरु अलमलमा परेको बताए । उनले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कुनैपनि क्षेत्रहरु अलमलमा पर्न आवश्यक नभएको बताए ।

अलमलमा परेका बैंकिङ क्षेत्र, रोजगारदाता उद्योग तथा प्रतिष्ठानहरुम अलमलमा रहेकाले उद्योग परिसंघ,चेम्बर र वाणिज्य महासंघसँग पनि छलफल गरिरहेको पनि उनले बताए ।  
 
सचिव अर्यालले रोजगारदाताहरुले श्रमिकहरुलाई प्रात्साहन गर्नसके वार्षिक रुपमा ३ प्रतिशतले प्रष्ठिानको नाफा बढ्ने अन्तराष्ट्रिय सर्वेक्षणले देखाएको बताए ।

Skip This
Skip This
Logo