अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसः चार करोडभन्दा बढी दासताको सिकार

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसः चार करोडभन्दा बढी दासताको सिकार

केन्द्रबिन्दु
0
Shares

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । नेपालमा 'दासत्वको समकालीन रूपहरू उन्मूलन गर्दै' भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा दास तथा दासता प्रथाको अन्त्य भए पनि दासताको परिवर्तित स्वरुपले विश्वमा चुनौतिपूर्ण बनिरहेको छ ।

विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न सन् १९४९ देखि हरेक वर्ष २ डिसेम्बरका दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ । नेपालमा १९८३ सालमा चन्द्र शम्शेर राणाले दास प्रथा उन्मूलनको घोषणा गरेका थिए।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को पछिल्लो तथ्यांकअनुसार चार करोडभन्दा बढी मानिसहरू विश्वभर आधुनिक दासताको सिकार बनेका छन् । आइएलओकाअनुसार आधुनिक समयमा पनि निकै धेरै मानिस दासताको सिकार भइरहेका छन् । यस्ता श्रमिकमा महिला र बालबालिकाको संख्या धेरै छन् ।

Logo