सर्लाहीबाट प्रत्यक्षतर्फ महिला सहभागिता न्यून, एक जना मात्र निर्वाचित

सर्लाहीबाट प्रत्यक्षतर्फ महिला सहभागिता न्यून, एक जना मात्र निर्वाचित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । सर्लाही जिल्लाको चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा २ सय २ जनाको उम्मेदवारी रहेकोमा १५ महिला रहेका थिए । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा–२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा–१ मा एक, प्रदेशसभा–२ मा दुई, क्षेत्र नं ३ को प्रदेशसभा–१ मा एक र प्रदेशसभा–२ मा पनि एक महिलाले उम्मेदवारी दिएका थिए । 

महिला उम्मेदवारमध्ये सर्लाही १ को प्रदेशसभा–२ बाट वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी बची लुङ्गेली मात्र निर्वाचित भइन्। उनले नेकपा एमालेकी उम्मेदवार शान्तिकुमारी लामालाई ६हजार ६ सय ९९ मतान्तरले  पराजित गरेकी हुन् ।

जिल्लाको क्षेत्र नं १ प्रदेशसभा–२ मा ३८ हजार २ सय ७२ मत खसेको थियो । सो मध्ये लुङ्गेलीले १३ हजार ६ सय ७७ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार लामाले ६ हजार ९ सय ७८ मत प्राप्त गगरिन् । 

“निर्वाचनमा भाग लिएका महिला उम्मेदवारले कोटाअनुसार समेत निर्वाचित नहुँदा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ । महिला सहभागिता न्यून देखिने अवस्था छ”, महिला अधिकारकर्मी अम्बिका राउतले भनिन्  ।

Skip This
Skip This
Logo