काठमाडौं। हाँस्य कलाकार भरतमणी पौडेले पूर्वयुवराज पारस शाहको क्यारिकेचरमा उत्रिएका छन् । विशेष गरेर पारसले देखाउने व्यवहार र उनको हाउभाउलाई प्राथमिकतामा राखेर पौडेलले नयाँ कमेडी भिडियो सार्वजनिक गरेका छन् ।
सामान्तया पारसले लगाउने पहिरन नेपाली टोपी, चश्मा, रुद्राक्षको माला अनि कालो कमिजलाई पौडेलले जस्ताको त्यस्तै प्रस्तुत गर्ने प्रयास गरेका छन् भने उनले बोल्ने शैली भाव र बिचारहरूलाई हाँस्यव्यंग्यका रूपमा देखाएका छन् ।
भिन्न समयमा विभिन्न स्क्यान्डलमार्फत चर्चामा रहने पारसको क्यारिकेचर अधिकांश दर्शकका लागि नयाँ खुराक हुने कलाकार पौडेलको भनाइ छ । भिडियोमा पौडेलसँगै पारस पात्रको गर्लफ्रेन्डका रूपमा देखिएकी छन् रुविना अधिकारी र पारसलाई प्रश्न गर्ने सञ्चारकर्मी पात्रमा देखिएका छन् लक्ष्मणराज अधिकारी ।
पूर्व युवराज पारस साहको क्यारिकेचर रहेको उक्त भिडियो ओएसआर डिजिटल युट्युव च्यानलमा हेर्न सकिन्छ ।































प्रतिक्रिया