बाजुरामा मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

बाजुरामा मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

केन्द्रबिन्दु
0
Shares

बाजुराको प्रतिनिधिसभाको मतगणना छ । बुधबार बेलुकी ६ः ३० बजेदेखि मतगणना सुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याएका छन् । एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । 

यस्तै प्रदेशसभा (१) मा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले सात हजार पाँच सय २५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बलदेव रेग्मीले सात हजार दुई सय सात मत प्राप्त गरेका छन् । यस प्रदेशको स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना भइरहेको छ । 

यसैगरी प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले नौ हजार २२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले सात हजार चार सय ४७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार थापाले कांग्रेसका उम्मेदवार शाहीलाई एक हजार पाँच सय ७५ मतले पछ्याइ राखेका छन् ।

एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभाका निर्वाचित भएका थिए । वाम गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बनेर सङ्घीय संसद्का सदस्य बनेका थापा २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।

Skip This
Skip This
Logo