सरकार गठनका लागि एमालेलगायत दलसँग छलफल हुन्छ- महरा

सरकार गठनका लागि एमालेलगायत दलसँग छलफल हुन्छ- महरा

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला रहेको स्पष्ट पारेको छ । शनिबार (आज) अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अघि बढन सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने प्रष्टयाएको हो ।

सरकार गठनबारे विभिन्न विकल्पहरु खुला राखिएको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले बताए । बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै पार्टी उपाध्यक्ष महराले भने, ‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो । अपेक्षा गरिए अनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो । समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै थप समीक्षा गर्ने कुरा गरियो । दोस्रो, बनाएको गठबन्धन छोडने निर्णय गरिएको छैन । र, अन्य विकल्प पनि खुला राखिएको छ । विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोडने, तोडने निर्णय पनि गरिएको छैन ।’

माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दवाव पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरुसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको बताइएको छ । उपाध्यक्ष महराले बैठकमा सत्तारुढ गठबन्धन छोड्ने सोचमा पनि पार्टी नरहेको बताए । माओवादीको पदाधिकारी बैठक फेरि बस्‍ने र निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।।
 

Skip This
Skip This
Logo