चितुवाको आक्रमणबाट पाँच जना घाइते

चितुवाको आक्रमणबाट पाँच जना घाइते

केन्द्रबिन्दु
0
Shares

डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । 

जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ बटालामा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ४५ वर्षीया स्थानीय देवी बटाला, उनका ४ वर्षका नाती सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी घाइते भएका हुन् । 

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ बटालामा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ४५ वर्षीया स्थानीय देवी बटाला, उनका ४ वर्षका नाती सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी घाइते भएका हुन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले चार वर्षीया बालक सिद्ध बटाला घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको जानकारी दिए ।  स्थानीयले होहल्ला गरेपछि चितुवा भागेको थियो । तर, जंगलबाट घर फर्किरहेका अन्यलाई चितुवाले फेरि आक्रमण गरेर घाइते बनाएको हो । 

Logo