ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन् । फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि उनले सो घोषणा गरेका हुन् ।
विश्वकपमा सर्वाधिक सफल टोली ब्राजिल शुक्रबार राति भएको खेलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो। ‘यो निकै कठिन निर्णय हो । एउटा यात्रा सकिएको छ । मैले डेढ वर्ष अघिदेखि यो जानकारी दिएको थिएँ । म मेरो वचनमा पक्का छु । त्यहाँ अन्य उत्कृष्ट प्रशिक्षकहरू छन् जसले मलाई प्रतिस्थापन गर्न सक्छन्।’ खेलपछि उनले भनेका थिए ।
६१ वर्षीय प्रशिक्षक टिटेले पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सन् २०१९ मा कोपा अमेरिका उपाधि दिलाएका थिए ।































प्रतिक्रिया