नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।
शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले पदाधिकारीसँगको छलफलपछि समानुपातिक सांसदको सुचीलाई अन्तिम रुप दिएका हुन् । ३२ मध्ये २९ जना महिला रहेका छन् भने पुरुष तीन जना मात्रै रहेका छन्। जसमा विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महत चयन भएका छन् ।
आदिवासी जनजातितर्फ-
- सरस्वती बजिमय
- लिलादेवी बोखिम
- सिता कुमारी राना
- सुशीला थिङ
- सपना राजभण्डारी
- माया राई
- कुसुम थापामगर
- मनोरमा सेरचन
खस आर्यतर्फ
- अम्बिका बस्नेत
- सरिता प्रसाईं
- आरजु राणा देउवा
- ईश्वरी न्यौपाने
- प्रतिमा गौतम
- मञ्जु खाँण
- रमा कोइराला पौडेल
- कान्तिका सेजुवाल
- मैना रावल कार्की
- प्रकाशशरण महत
मधेशीतर्फ
- नागिना यादव
- मुक्ता कुमारी यादव
- चन्दा चौधरी
- संगिता मण्डल
- निनुकुमारी कर्ण
- विमलेन्द्र निधि
दलिततर्फ
- शान्ति विक
- रुपा विक
- सीता मिजार
- आशा विक
- जीवन परियार
थारुतर्फ
- कल्पना चौधरी
- विना कुमारी थनेत
मुस्लिम तर्फ
- जावेदा खातुन् जागा





























प्रतिक्रिया