कमल थापा नेतृत्वको राप्रपा नेपालले राजनीतिक समूहका विद्रोही नेता कार्यकर्तालाई रिहा गर्नका लागि सरकारले हालै ल्याउन लागेको अध्यादेशको विरोध गरेको छ ।
सोमबार पार्टीका प्रवक्ता बसन्तमान सिंह अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सत्ता स्वार्थका निम्ति अपराधिक घटनाका अभियुक्तहरूलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक रहेको बताएका हुन् ।
‘सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पुर्वसन्ध्यामा गंभीर अपराधिक घटनाका अभियुक्तहरूलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक छ । लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न राप्रपा नेपाल माग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।































प्रतिक्रिया