प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश

प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बुधबारबाट छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैठौं वार्षिकोत्सव सम्पन्न गरेको हो ।  

यस अवसरमा कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्षपनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य(शिक्षा)का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ ।

कम्पनीले नेपालका ७७ जिल्लाभरी कूल ८४ विद्यालय संचालन गरिरहेको गैर नाफामुलक गैरसरकारी संस्था समता शैक्षिक गुठीलाई रु. पाँच लाख रकम सहयोग प्रदान गरेको छ ।

बुधबार भएकाे एक कार्यक्रमवीच उक्त गुठीका कार्यकारी निर्देशक दिपक संजेल, विद्यालयका प्राचार्य अजय अधिकारी (सुशील),शिक्षक शिक्षिका, विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका थिए । गतवर्ष पनि कम्पनीले यसै गैरनाफामुलक संस्था समता शैक्षिक गुठीलाई रु. पाँचलाख रकम सहयोग प्रदान गरेको थियो ।

यस गुठीले संचालन गरेको शैक्षिक संस्थाहरुमा न्यूनतम रकम (मासिक रु.१००) मै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसय पत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रसाईले जानकारी दिए । 

Skip This
Skip This
Logo