स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण भएनः उपाध्यक्ष मलहोत्रा

स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण भएनः उपाध्यक्ष मलहोत्रा

केन्द्रबिन्दु
0
Shares

नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दिपक मलहोत्राले मुलुकमा स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण नभएको बताएका छन् । 

बिहीवार काठमाडौं भएको आइपीडिएफको कार्यक्रममा बोल्दै उपाध्यक्ष मलहोत्राले नेपालमा विदेशी लगानी भित्र्याउने वातावरण बनाउनको लागि स्थिर सरकार आवश्यक रहेको बताएका हुन् । उनले मुलुकमा स्थिर सरकार नहुँदा निजी क्षेत्रले विदेशी लगानी ल्याउन नसकेको बताए । 

उपाध्यक्ष मलहोत्राले पाँच वर्ष अघि स्थिर सरकार बनेर लगानीको वातावरण बन्ने आश गरेपनि सफल हुन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय देशहरुमा विदेशी लगानी ल्याउन सहज भएपनि सानो विदेशी लगानी ल्याउँदासमेत समस्याको चाङ आइपर्ने बताए । अब बन्ने सरकारले विदेशमा गएको युवा जनशक्तिलाई नेपालमा कसरी फर्काउने र उद्योगधन्दा बढाएर रोजगारी कसरी दिने भन्ने विषयमा ध्यान दिनुपर्ने उनले बताए । 
 
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य अजय सुमार्गीले निजी क्षेत्रलाई विदेशी लगानी ल्याउन भनेपनि सरकारको नीति बाधक बनेको बताए । उनले नेपाल राष्ट्र बैंकले स्वीकृत नदिएसम्म कुनैपनि देशको लगानी नेपालमा नआउने बताए ।  

Logo