फोटोनको इलेक्ट्रिक कार्गो भ्यान बजारमा

फोटोनको इलेक्ट्रिक कार्गो भ्यान बजारमा

केन्द्रबिन्दु
0
Shares

फोटोनको नेपालका लागि आधिकारिक वितरक एमडव्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले नयाँ इलेक्ट्रिक कार्गो भ्यान बजारमा भित्र्याएको छ ।  

कम्पनीका अनुसार यो कार्गो भ्यानको व्याट्री क्षमता ५०.२३ किलोवाट आवर रहेकाे छ । यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५  किलोमिटरसम्म छ ।  यसमा ८५ किलोवाटको इन्जिन क्षमताका मोटर जडान गरिएको छ ।

७ क्युविक मिटर स्पेस रहेका यस भ्यानले ११५० किलो भार बहन क्षमता राख्छन्। डिपार्टमेन्टल सटेर, ई–कमर्स, फार्मेसी, हार्डवेयर, एफएमसिजी, कार्गो कुरियर र दुरसंचार प्रदायक जस्ता विभिन्न व्यवसायलाई बहुउपयोगी हुने कार्गो भ्यान बजारमा ल्याइएको हो ।  

निकट भविष्यमा इलेक्ट्रिक प्यासेन्जर भ्यानसमेत नेपाल ल्याउने तयारी गरिरहेको र पछि अन्य रेन्जका इलेक्ट्रिक सवारी साधन ल्याउने कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo