अस्पताल भन्नेवित्तिकै बिरामीको उपचार गर्ने ठाउँ भनेर चिनिन्छ ।
उपचार हुने बेडमै बिरामीको विवाह भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । तर धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा उपचार गराइरहेका एक युवकले बेडबाटै विवाह गरेका छन् । ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरेर अस्पताल बसेका नवीन गिरी र जर्मन नागरिक इंकाबीच अस्पतालमै विवाह भएको हो ।
गत मंसिर २७मा नवीन र इंकाबीच चन्द्रागिरिमा विवाह तय भएको थियो । तर विवाहको अघिल्लो रात एक्कासि पेट दुखेपछि नविन ह्याम्समा भर्ना भए । उनलाई एपेन्डिसाइटिस भएपछि निर्धारित साइतमा विवाह हुन नसक्ने अवस्था आयो ।
ह्याम्स अस्पतालका वरिष्ठ सर्जन डा. अनुज पराजुली लगायतको टिमले अत्याधुनिक ‘ल्याप्रोस्कोपिक’ विधि बाट उनको शल्यक्रिया गरे ।एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने बित्तिकै विवाह गर्न जोखिम हुने र विवाहको मिति सार्दा माघ महिनामा मात्र हुने साइत जुर्यो। तर इंकाका बुबाआमा र आफन्त पनि चाँडै जर्मनी फर्किनुपर्ने थियो । त्यसैले सीमित आफन्त, चिकित्सक र नर्सको उपस्थितिबीच अस्पतालको बेडमै नविन र इंकाले विवाहको विधि पूरा गरे ।
वरिष्ठ चिकित्सक तथा अत्याधुनिक प्रविधिको मद्दतले दुखाइ कम हुनुका साथै शल्यक्रियापश्चात चाँडै स्वास्थ्यलाभ भएकाले शल्यक्रिया भएको अर्को दिन अस्पतालको बेडबाट विवाह गर्न सहज भएको थियो । नविन शल्यक्रिया भएको तेस्रो दिन अस्पताल बाट डिस्चार्ज भएका थिए।





























प्रतिक्रिया