एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्दै, दिउँसो १ बजे बैठक

एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्दै, दिउँसो १ बजे बैठक

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ मात्र १० सिट जितेको एकीकृत समाजवादीले दलको नेता चयनका लागि दिउँसो १ बजे संसदीय दलको बैठक राख्दै छ। मिनभवनस्थित पार्टी कार्यालयमा बस्ने बैठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई चयन गर्ने लगभग पक्का छ।

समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउन नसके पनि प्रत्यक्षतर्फबाट न्यूनतम १० सांसद जितेकाले एकीकृत समाजवादीले प्रमुख सचेतकको सुविधा पनि पाउनेछ। 

Skip This
Skip This
Logo