स्वास्थ्यमा सुधार भएपछि वर्षमान चीनबाट आज स्वदेश फर्कंदै

स्वास्थ्यमा सुधार भएपछि वर्षमान चीनबाट आज स्वदेश फर्कंदै

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्किंदैछन् ।

पुन चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेछन् । वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्य समस्या बल्झिएपछि उपचारका लागि गत १६ मंसिरमा चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा गएका थिए । स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि आज स्वदेश फर्किन लागेको उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा रुचि नहुने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको ओनसरीले बताइन् । उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ रहेकोमा हाल घटेर १८ मा आएको पनि पुनको सचिवालयले जनाएको छ । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ। यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।

Skip This
Skip This
Logo