आइएमई र नेपाल एसबीआई बैंकवीच सम्झौता भएको छ ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।
कार्यक्रममा आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, नेपाल एसबीआई बैंकका प्रबन्ध संचालक एवम्प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख संचालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायत दुवै संस्थाका उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।































प्रतिक्रिया