माओवादी केन्द्रले संसदीय दलको नेता चयन गर्न बैठक बोलायाे

माओवादी केन्द्रले संसदीय दलको नेता चयन गर्न बैठक बोलायाे

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्न दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणपछि माओवादीले दलको नेता चयन गर्न लागेको हो । त्यसका लागि अपराह्न ४ बजे संसदीय दलको बैठक बोलाइएको छ ।

माओवादीको दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चुनिने निश्चित छ । प्रत्यक्षतर्फबाट १८ र समानुपातिकतर्फबाट १४ सिटसहित प्रतिनिधिसभामा माओवादीका ३२ सांसद छन् । माओवादीले दलको नेता चुनेसँगै भावी सरकार निर्माणबारे सत्तारुढ गठबन्धनभित्र छलफल अगाडि बढ्ने नेताहरुले बताएका छन् ।

Logo