सुरेश थापा र अनिता दङ्गालको ‘यस पालीको तीज’ सार्वजनिक (भिडियो)

सुरेश थापा र अनिता दङ्गालको ‘यस पालीको तीज’ सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली महिलाहरुको तीज पर्व नजिकिंदै आउँदा यससँग सम्बन्धित गीतहरु पनि सार्वजनिक हुँदै आएका छन् । यसै सन्दर्भमा गायक सुरेश थापा र गायिका अनिता दङ्गालको स्वरमा रहेको तीज गीत सार्वजनिक भएको छ ।

‘यस पालीको तीज’ नाम दिइएको गीतमा स्वर अनिता दङ्गाल र सुरेश थापाको रहेको छ । यसमा शब्द पनि सुरेश थापाको छ । यस गीतमा संगीत राम कार्कीले दिएका छन् । गीतको छायांकन रहुल राईले गरेका हुन् भने सम्पादन सुरेश राउतले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा कलाकारहरु सुरेश थापा ‘दर्शने’, अनिता दङ्गाल ‘मनमाया’, शम्भु थापा ‘बखते’, यादव देवकोटा ‘सरापे’, राजु भुजेल ‘नरेबा’, सुजित थापा ‘माने’, गणेश अक्षामी ‘क्वाके’, रश्मि भट्ट, उमेश बराल, भुवन पोख्रेल लगायत धेरै हाँस्य कलाकारहरुले अभिनय गरेका छन् ।

पछिल्ला दिनहरुमा भद्रगोल हाँस्य श्रृंखलाको निर्देशन पनि गर्दै रहेका सुरेश थापाको यस गीतलाई सबैले मन पराउने उनको विश्वास छ ।

भिडियो :

Skip This
Skip This
Logo