प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद्को बैठक सुरु

प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद्को बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गरेसँगै बैठक पनि सुरु भएको हो । आजै गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो ।  

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछने रहेका छन् । साथै मन्त्रीहरू ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार र अब्दुल खान सहभागी छन्। एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई गृह मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

Logo