अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर छैन, दरो मनोबलका साथ अघि बढ्नुस् -अर्थमन्त्री

अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर छैन, दरो मनोबलका साथ अघि बढ्नुस् -अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने कुरामा सरकारले ढिलो नगर्ने बताएका छन् ।

मंगलवार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सिएनआई) का पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका  हुन् । उनले अर्थतन्त्रमा सरकार निजी क्षेत्रले व्यहोरिरहेको समस्याको संवेदनशील रहेको पनि बताए । अर्थतन्त्रको समस्या समाधान गर्नेकुरामा सरकारले विलम्व गर्नु नहुनेमा आफू गम्भीर रहेको पनि उनले बताए ।  

अर्थमन्त्री पौडेलले आफूले निजी क्षेत्रका समस्या निजी क्षेत्र नै भएर हेर्ने र निजी क्षेत्रले पनि सरकार समस्या सरकार भएर हेर्नुपर्ने बताए ।

‘सरकार निजी क्षेत्रले व्यहोरिरहेको समस्याको संवेदनशील छ । यो समस्या समाधान गर्ने काममा हामीले विलम्व गर्नु हुँदैन भन्ने सरकार छ । सरकार हाम्राप्रति संवेदनशील छ भन्ने सोच्नुहोस् । तपाईहरु सरकार भएर हेर्नुहोस्, म निजी क्षेत्र भएर हेर्छु । हामी एउटै नदी प्रणाली हौँ । हामी नदीका दुई किनारा होइनौँ ।’ उनले भने, ‘निजी क्षेत्रको मनोबल टुट्यो र समस्या समाधान नभए त्यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का लाग्छ । निजी क्षेत्रका समस्या सुन्न राष्ट्र बैंक पनि लागेको छ । अबबाट मनोबल कमजोर बनाएर होइन, दरो मनोबलका साथ अघि बढ्नुहोला । समस्या समाधान हुनेछन् । देशले आर्थिक शंकटको अवस्था व्यहोरिरहेको स्थितिमा म निराशा थपेर पठाउन चाहन्न । समस्या गम्भीर पनि छन् । काबु बाहिर परिस्थिति गइसकेको छैन ।’

निजी क्षेत्रले अर्थमन्त्री पौडेललाई भेट्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर देशको अर्थतन्त्र र निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरेका थिए । 

Skip This
Skip This
Logo