अब बजारमा हिरोका मोटरसाइकल तथा स्कुटर ५.९९ प्रतिशत ब्याजदरमै

अब बजारमा हिरोका मोटरसाइकल तथा स्कुटर ५.९९ प्रतिशत ब्याजदरमै

केन्द्रबिन्दु
0
Shares

अब नेपाली बजारमा हिरोका मोटरसाइकल तथा स्कुटर सस्तो ब्याजदरमै उपलब्ध हुने भएका छन् । 

नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले ५.९९ प्रतिशत ब्याजदरमै कुनै पनि मोडलको हिरोका मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउने भएको हो । तर, यसका लागि शुरुमै ६० प्रतिशत डाउन पेमेन्ट भने बुझाउनु पर्ने बताइएको छ । 

कम्पनीका अनुसार बाँकी रकम भने एक वर्ष भित्र किस्ताबन्दीको रुपमा बुझाउनु पर्नेछ । यो सुविधा नेपालभर रहेका हिरोका शोरुमहरुले उपलब्ध गराइरहेका छन् ।

हाल नेपाली बजारमा यस कम्पनीले १ लाख ९३ हजार ५ सय देखि २ लाख ६८ हजार रुपैयाँसम्मका हिरोका प्लेजर, ड्युएट, माएस्ट्रो एज र डेस्टिनी स्कुटर उपलब्ध गराएको छ । साथै हिराेका मोटरसाइकलमा १ लाख ८३ हजारको एचएफ डिलक्सदेखि सबैभन्दा महंगो ४ लाख ५२ हजार रुपैयाँको एक्सपल्स २०० फोरभी एफआई बीएस६ सम्म बजारमा रहेका छन् ।

Logo