मध्य चीनको हेनान प्रान्तको झेनझोउ सहरको एउटा पुलमा बुधबार बिहान अत्याधिक हुस्सुका कारण दर्जनौं सवारी साधनहरू ठोकिनुका साथै ठूला कारको थुप्रोमा ठोकिएका छन् ।
सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरूमा झोनझोउ हुवांगे पुलमा धेरै कारहरू र ट्रकहरू एकै ठाउँमा थुप्रिएको देख्न सकिन्छ । चिनियाँ समाचार संस्था सीसीटीभीकाका अनुसार दुर्घटनामा धेरै मानिस घाइते भएका छन् भने पुलमा अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ । दुर्घटनामा मृत्यु भएको विवरण भने सार्वजनिक भएको छैन । घटनास्थलमा रहेका उद्धारकर्ताहरूको प्रारम्भिक अनुमानमा २०० भन्दा बढी सवारी साधन रहेका र घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय टेलिभिजनले जनाएको छ । स्थानीय मौसम विज्ञान सेवाका अनुसार झेंग्झाउ लगायतका धेरै क्षेत्रमा भिजिबिलिटी ५०० मिटर र केही क्षेत्रमा २०० मिटरभन्दा कम रहेकाे थियो ।































प्रतिक्रिया