आन्ध्र प्रदेशमा पूर्वमुख्यमन्त्री रोड शोमा भागदौड मच्चिदा ८ जनाको मृत्यु

आन्ध्र प्रदेशमा पूर्वमुख्यमन्त्री रोड शोमा भागदौड मच्चिदा ८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतकाे आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा आठ जनाको मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा एक जना महिला पनि छन् । हाल राज्य विधानसभामा विपक्षी नेता नायडु कन्दुकुरले बुधबार शहरको एक सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । साेही कार्यक्रमका लागि नायडुको गाडि उक्त क्षेत्रबाट बुधबार साँझ गुडिरहेका बेला भीड सुरु भएको थियो । जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको थियो ।

स्थानीय अधिकारीहरूले धेरै जना खुला नालीमा खसेको र आठ जनाको मृत्यु भएको बताएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना लगत्तै बैठक रद्द भएको थियो । नायडुले आफ्ना प्रियजन गुमाएका परिवारलाई १० लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले पार्टीका नेताहरुलाई घाइतेहरुको राम्रो उपचारको व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।

Skip This
Skip This
Logo