बदलिँदो राजनीतिक परिदृष्य, सम्भावना र नयाँ रणनीतिवारे समीक्षा गर्न यही १५ र १६ गते तनहुँको बन्दिपुरमा विवेकशील साझा पार्टीले समीक्षा वैठक गर्दैछ।
प्रादेशिक हैसियतका पार्टीका अगुवा कार्यकर्ताहरु सम्मिलित समीक्षा वैठकमा निर्वाचन परिणाम, वैचारिकी, बदलिँदो राजनीतिक विकासक्रम, वैकल्पिक राजनीतिको आगामी स्पेश र सहकार्य, ध्रुविकरण सम्मका खुला छलफल हुने प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।
"अगुवा साथीहरुसंग निर्ममताका साथ सुखा छलफलको फोरमका रुपमा समीक्षा वैठकलाई डिजाईन गरिएको छ, सबै कोणवाट आफ्ना सुझाव , अनुभव र आगामी वाटोवारे अगुवा साथीहरुले बहस गर्नु हुन्छ,"- प्रवक्ता परियारले भने, "संघीय समितिले आफ्ना कुरा लाद्ने छैन, अगुवाका सुझाव, सल्लाह र रचनात्मक आलोचना लिपीबद्ध गरीनेछ।"
वैकल्पिक राजनीतिक केन्द्रको रुपमा स्थापित विवेकशील साझा पार्टी तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राप्रपा प्रवेशसंगै केही समय शिथील वनेको थियो। पार्टीलाई नै राप्रपामा मिसाउने मिश्रको कदम असफल बनाई पार्टी बचाएसंगै नयाँ शिराबाट अघि बढ्ने सोच स्वरुप भेला आयोजना गरिएको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।
चुनावको मुखैमा राप्रपा समाहितको विवाद चर्किएसंगै चुनावमा होमिएको विवेकशील साझा पार्टीको लगानीको मत नयाँ उदाएको रास्वपामा रुपान्तरण भएको राजनीतिक विश्लेषकहरुले टिप्पणी गर्दै आएका छन।
"मत क्रान्ति भएकै हो, परम्परागत दलहरुलाई मतदाताले चाबुक हानेकै हो मत बदल्न विवेकशील साझा पार्टीको निरन्तर खबरदारीलाई अवमुल्यन गर्न हुँदैन, पार्टीको आन्तरिक विवाद, सैद्धान्तिक विमती र राप्रपाकरणका कारण यस्तो अवस्था आएको हो त्यसलाई चिर्न नयाँ नेतृत्व तयार छ," अध्यक्ष बास्कोटाले भनिन् ।































प्रतिक्रिया