गुडिरहेको टेम्पोमा आगलागी

गुडिरहेको टेम्पोमा आगलागी

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा गुडिरहेको एक टेम्पोमा एक्कासी आगो लागेको छ।

पुरानो बानेश्वर–मैतीदेवी–कमलपोखरी रूटमा चल्ने बा १ ह ३९६७ नम्बरको टेम्पोमा आज बिहान ७ बजेतिर आगो लागेको हो। चालक मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतले टेम्पोमा एक्कासी आगो लागेको बताए। ‘यात्रुलाई चोकमा ओरालेपछि टेम्पो लिएर म एक्लै अघि बढिरहेको थिएँ। एक्कासी झ्वाट्ट गर्‍यो, धुवाँ आउन थाल्यो,’ उनले भने, ‘टेम्पो रोकेर हेरेँ, आगो लागिरहेको रहेछ। पसलबाट जारको पानी ल्याएर निभाउन खोजेँ सकिनँ।’

टेम्पोमा आगो लागेपछि मैतीदेवीमा मानिसहरू पनि भेला भएका थिए। केहीबेरमा प्रहरीहरू पनि पुगे। ‘म, स्थानीय मानिसहरू र प्रहरी भएर जारको पानी खन्यायौं तर आगो निभेन,’ उनले भने, दमकम आएर आगो निभाएको हो।’ टेम्पोभित्रकै तार सर्ट भएर आगो लागेको अनुमान गरिएको छ। 

Skip This
Skip This
Logo