बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन् । उनीहरुले ४ बुँदे मागसहित उनीहरुले काठमााडौंको माईतीघरमा धर्ना शुरु गरेका हुन् ।
निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु-याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित तेस्रो चरणको आन्दोलन शुरु गरेको अधिकारर्मी रुबी खानले बताइन् । उनले निर्मला र नन्कुन्नी न्यायका लागि राज्यबाट आवश्यक काम हुन नसकेको बताइन् ।
अधिकारर्मी खानले सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाइन् ।
उनले भनिन्, ‘अहिले बाँकेमा निर्मलाले न्याय नपाउँदा ८/९ जना महिलाको हत्या भइसकेको छ । अपराधिहरुको हौसला बढीरहेको छ, अन्यायमा परेकाहरुले न्याय नपाउँदा । सरकारले हाम्रो आवाज सुनिरहेको छैन । सिआईबीले पनि दोहोरो कुरा गरेको छ, कसको विश्वास गर्नु । सत्ता र शक्तिले प्रश्रय पाएको भन्ने हाम्रो कुरा हो । विधवा महिला निर्मला कुर्मीको हत्यामा न्यायिक आयोग गठन गरियोस्, जसले वास्तविकता पत्ता लगाओस् । न्यायलयसम्म मुद्दा पु-याइयोस् । निर्मला कुर्मीको तमसुक पुनः परीक्षण होस् । आन्दोलनकारी महिलाहरुको सुरक्षा प्रत्याभुति होस् यो हाम्रो माग हो ।’
घटनापछि न्यायको माग गर्दै पहिलोपटक उनीहरु नेपालगञ्जबाट २० दिनको पैदला यात्रा गर्दै काठमाडौं आएका थिए । उनीहरुले माईतीरघरमा १९ दिन धर्ना दिएका थिए । गृह मन्त्रालयले घटनाको छानबिन गर्ने प्रतिवद्धता जनाएपछि उनीहरुले धर्ना तोडेका थिए । त्यसपछि उनीहरुले दोस्रो पटकमा ४२ दिनसम्म आन्दोलन गरेका थिए ।





























प्रतिक्रिया