तमू ल्होसारमा सरकारले गर्दै आएको आर्थिक सहयोग बढाउँछौं -प्रधानमन्त्री प्रचण्ड

तमू ल्होसारमा सरकारले गर्दै आएको आर्थिक सहयोग बढाउँछौं -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमू समूदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताएकी छन् । 

तमू ल्होसारको अवसर पारेर शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । उनले इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमू समूदायको पहिचान नेपालमा मात्रै नभई विश्वभर फैलिएको पनि स्पष्ट पारे । 

तमू समूदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसको सम्मान गर्ने कामलाई सरकारले प्राथमिकता राख्ने समेत बताए । उनले तमू समूदाय विश्वभर इमान्दारिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित भएका स्मरण गराए । तमू ल्होसारका लागि सरकारले गर्दै आएको आर्थिक सहयोग बढाउने प्रतिवद्धतासमेत उनले व्यक्त गरे । 

उनले भने- ‘सबै जातजाति, भाषाभाषी, वर्ग समूदायको असली पहिचानमा नै नेपालको राष्ट्रिय पहिचान अन्तरनिहित रहेको छ । तमू समूदायको सांस्कृतिक दृष्टिकोणले पनि आफ्नो मौलिकता र पहिचानयुक्त परम्परा रहँदै आएको छ । आज यहाँ जाति झाँकीहरु प्रस्तुत भए । त्यसले तमू समूदायको संस्कृतिप्रति अभिरुचि,उनीहरुको विविधता, मौलिकता र उनीहरुले रसिकताका साथ आफ्नो जीवन निर्वाह गर्ने सांस्कृतिक दृष्टिकोणले पनि आफ्नो मौलिकता र पहिचानयुक्त रहँदै आएको छ । आफ्नो मौतिक नृत्यहरु, बाद्यबादनहरुले उनीहरुको संस्कृतिप्रतिको अभिरुचि, लगाव, निष्ठा र आफ्नो जीवन बाँच्ने मौलिक परम्परालाई राम्रोसँग स्थापित गरेको छ । हामीलाई थाहा छ–यो तमू ल्होसार आज काठमाडौंमा मात्रै होइन् नेपालको ७७ जिल्लामा नै मनाईँदैछ । सरकारले तमू ल्होसारका लागि दिँदै आएको आर्थिक सहयोग बढाउनेछ ।’ 

समारोहमा तमू समूदायले आफ्नो संस्कृति झल्कने खालका झाँकीहरुसहितको नृत्य प्रस्तुत गरेका थिए । प्रधानमन्त्री प्रचण्डले तमू समूदायको सांस्कृतिक झाँकीलाई जीवन बाँच्ने राष्ट्रिय पहिचानको मौलिक परम्पराको रुपमा चित्रण गरेका थिए ।

Skip This
Skip This
Logo