राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल

राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आगामी फागुनमा रिक्त हुने राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनका विषयमा छलफल भएको छलफलमा सहभागी उपप्रधान तथा अर्थमन्त्री समेत रहेको विष्णु पौडेलले जानकारी दिए । ‘राष्ट्रपति, उपराष्ट्रपति र एक रिक्त राष्ट्रिय सभा सदस्य पदको निर्वाचनबारे आयोगका पदाधिकारीले छलफल गर्नुभएको छ’, अर्थमन्त्री समेत रहेका एमाले नेता पौडेलले छलफलपछि सञ्चारकर्मीलाई जानकारी दिए । छलफलमा प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछाने र  अर्थमन्त्री विष्णु पौडेल सहभागी रहेका थिए । गृहमन्त्री रवि लामिछानेले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनबारे गृहमन्त्रालयले आयोगसँग समन्वय गरेर मिति तोकिने जानकारी दिए ।

Skip This
Skip This
Logo