जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठक आज पनि बस्दैछ।
सोमबारबाट शुरु भएको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा छलफल चलिरहेको छ। साथै गत निर्वाचनको समीक्षा र समसामयिक राजनीतिका बारेमा पनि छलफल भइरहेको छ। यसअघिको बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राईद्वारा प्रस्तुत ‘मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका’ र पार्टी अध्यक्ष उपेन्द्र यादवदवरा प्रस्तुत ‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्बन्धी समीक्षा’ प्रतिवेदनमा छलफल भएको थियो। एकैपटक प्रस्तुत प्रतिवेदनमा बोल्नका लागि ४० जना नेताहरुले नाम टिपाएका छन्।
सोमबार २७ जना नेताहरुले ती प्रतिवेदनमाथि आफ्नो धारणा राखेको पार्टी प्रचार विभागले जनाएको छ। निर्वाचनको सम्मुखमा गठबन्धन तोडेर एमालेसँग तालमेल गर्नुले कार्यकर्ताहरुमा अन्योल सिर्जना गरेको र अपेक्षाकृत परिणाम हासिल गर्न नसकिएको केही नेताहरुले तर्क राखेका छन्। आजको बैठकमा यसबारे थप छलफल हुने बताइएको छ।































प्रतिक्रिया