उपप्रधानमन्त्री श्रेष्ठद्वारा यातायात कार्यालयको अनुगमन

उपप्रधानमन्त्री श्रेष्ठद्वारा यातायात कार्यालयको अनुगमन

केन्द्रबिन्दु
0
Shares

उप्रप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको आकस्मिक अनुगमन गरेका छन्।

मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा आकस्मिक अनुगमन गरेका हुन्। सवारी चालक अनुमतिपत्रका विषयमा गुनासो आएपछि मन्त्री श्रेष्ठले आकस्मीक अनुमगन गरेको जनाइएको छ। मन्त्री श्रेष्ठले यस अघि आफू काम गर्न आएको बताउँदै मातहतका विभाग र कार्यालयहरुलाई जनतालाई सहज रुपमा सेवा दिन निर्देशन गरेका थिए। 

Logo