क्रसफायर र इटालिका मोटो वाइकमा नयाँ वर्ष लक्षित अफर सार्वजनिक

क्रसफायर र इटालिका मोटो वाइकमा नयाँ वर्ष लक्षित अफर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

क्रसफायर तथा इटालिका मोटो वाइकले नयाँ वर्ष २०२३ लाई लक्षित गरेर  विभिन्न अफरहरु सार्वजनिक गरेको छ । आधिकारिक वितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एण्ड इम्पोर्ट प्रालिले ल्याएको उक्त अफरमा ग्राहकले १५ हजारसम्म नगद छुट, निशुल्क एसेसोरिज, एक्सचेन्ज वोनस र अन्य उपहार पाउने भएका छन् ।

उक्त अफर अन्तर्गत क्रसफायर व्राण्डका ट्रेकर २५० र एचजे २५० को खरिदमा १५ हजार नगद छुट र हेल्मेट निशुल्क प्रदान गरिने कम्पनीले बताएको छ । यसैगरी इटालिका मोटो फर्मूला १५० स्कुटर र अन्य मोडलका मोटरसाइकल खरिदमा १० हजार नगद छुट र हेल्मेट निशुल्क प्रदान गरिनेछ ।

ग्राहकले आफूसंग भएको जुनसुकै व्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटरसंग क्रसफायर र इटालिका मोटोको व्राण्ड न्यू वाइक एक्सचेन्च गर्दा २० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन दिने जनाइएको छ । साथै ग्राहकले हरेक हप्ता आकर्षक उपहार समेत पाउनेछन् । उक्त अफ्र  माघ १७ गतेसम्म लागु हुने छ ।
 

Logo