एकीकृत समाजवादीबाट निर्वाचित भएका सांसदहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्ने भएका छन् ।
एकीकृत समाजवादी निकट युवा संघको आयोजनामा बुधबार ललितपुरको हिमालय होटलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सम्मान गर्न लागेका हुन् । एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् । सो पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गरिसकेको छैन । आजको कार्यक्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजानेबारे महत्वपूर्ण जानकारी गराउने बुझिएको छ ।































प्रतिक्रिया