सुनको मूल्य बढ्ने क्रम जारी

सुनको मूल्य बढ्ने क्रम जारी

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा  सुनको मूल्य बढ्ने क्रम जारी छ।

साताका चोथो कारोबार दिन बुधबार पनि सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला नौ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख २ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घट्दै १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

Skip This
Skip This
Logo