बाराही हाइड्रोपावरको सेयर कारोबार बुधबारदेखि सुरु भएको छ ।
नेप्सेमा स्पेसल प्रि ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता १९४ रुपैयाँ ३० पैसामा भएको हो । सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको छ । नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेन्ज न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसा तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट पहिलो कारोबार भएको हो । बीएचपीएल’ संकेतमा यसको कारोबार खुला भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म कुल ५ लाख ५४ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।





























प्रतिक्रिया