छलफल गरेर तरुण दललाई पूर्णता दिन देउवाको निर्देशन

छलफल गरेर तरुण दललाई पूर्णता दिन देउवाको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेतासँग छलफल गरेर तरुण दलको कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिएका छन् ।

बुधबार बिहान देउवा निवास धुम्बाराहीमा भएको भेटमा सभापति देउवाले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई छलफल गर्न निर्देशन दिएको गुरुङले बताए । ‘अरु नेताहरुसँग छलफल गरेर तरुण दलको पूर्ण कार्यसमिति बनाउन भन्नुभएको छ,’ गुरुङले भने ।

विधानतः तरुण दलको कार्यसमिति ९५ सदस्यीय हुने व्यवस्था छ । कार्यसमितिमा अध्यक्ष बाहेकका पदाधिकारी नहुने उनले बताए । पार्टी केन्द्रको निर्णय अनुसार संघको निर्वाचन सकिएको तीन महिनाभित्र भ्रातृ संस्थाले अधिवेशन गर्नुपर्दछ । १० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेको कांग्रेसले पाँच भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै सभापति देउवाले मनोनित गरेका छन् ।

Skip This
Skip This
Logo