काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) ले निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरेको रिट हेर्न नभ्याइने सूचीमा परेको छ । बुधबारको संवैधानिक इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो ।
निर्वाचन आयोग ऐनका केही दफा संविधानसँग बाझिएको भन्दै ती दफा खारेज वा संशोधन लगायतका माग राख्दै पुष १९ गते संवैधानिक इजलासमा दर्ता गरिएको साहको रिट पुष २० गतेको पेसीमा चढेको थियो । तर समय अभावका कारण बुधबारको पेसीमा उक्त रिट हेर्न नभ्याइनेमा परेको छ ।
निर्वाचन खर्च नबुझाएको कारण ठूलो जरिवानाको घोषणा गरिएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।































प्रतिक्रिया