यू–२० राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा रहेका ४१ खेलाडीबाट ११ जना बाहिरिएको जनाएको छ । मुख्य प्रशिक्षक यम प्रसाद गुरुङले यु –२० महिला साफको तयारीका लागि ४१ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएका थिए । महिला यू–२० साफ च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ बंगलादेशको राजधानी ढाकामा हुनेछ । प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेब्रुअरी ३ मा हुनेछ । यस्तै, नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।





























प्रतिक्रिया