र्‍याप गीत ‘मुसेको छोरा’ सार्वजनिक (भिडियोसहित)

र्‍याप गीत ‘मुसेको छोरा’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

र्‍याप गीत ‘मुसेको छोरा’ (हातभरी टाटु) सार्वजनिक भएको छ । र्‍याप स्टार एल्बममा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नेपाली हिपहप रेकर्डसको प्रस्तुति रहेको गीतमा शब्द, सङ्गीत र र्‍याप साङ्गे तामाङ (यसटी म्यान) को रहेको छ भने मिक्सिङ तथा माष्टरिङ रुथलेशको छ ।

झोले टिमको छायांकन रहेको गीतको भिडियोमा रवी तामाङको सम्पादन, राजु तामाङको कलर, विविके घतानीको एनिमेशन रहेको छ । गीतको भिडियो नेपालमै पहिलो अन्तर्राष्ट्रिय लेभलको र्‍याप गीत भएको निर्माण पक्षले दाबी गरेको छ । सार्वजनिक यो र्‍याप गीतको भिडियोले हुलिया हेरेर कसैले कसैलाई जज नगर्नु भन्ने सन्देश दिन खोजेको र्‍यापर साङ्गे तामाङले बताए ।

झोले टिमकै निर्देशन रहेको गीतको भिडियोमा रामचन्द्र अधिकारी, शुशान्त घलान, शृजना तामाङ, भावना वराईली, ऋतु थापामगर, अञ्जना तामाङ, युनिका तामाङ, विनोद मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

 

 

Skip This
Skip This
Logo