सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।
सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गठित कार्यदलले शुक्रबार मस्यौदालाई अन्तिम रुप दिदै सार्वजनिक गरेको हो। नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले नीतिगत प्राथमिकता तथा कार्यक्रमको अन्तिम मस्यौदा तयार पारेका हुन्। न्यूनतम साझा कार्यक्रम सुशासन र विकासका कुरामा केन्द्रित रहेको बताइएको छ।
यस्तै, पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने पनि उल्लेख छ । कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा भनिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने ।’ सत्ता गठबन्धनले नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचना सुधार, लोकतन्त्र सुशासन र गुणस्तरीय सेवा, दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार लगायत विषयबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।
अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा शुक्रबार बसेको कार्यदलको बैठकले कार्यक्रमलाई अन्तिम रूप दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बताए। ‘कार्यदलको मस्यौदा तयार पारेको छ। शनिबार शीर्षस्थ नेताहरूमा पेस गरिने छ,’ उनले भने, ‘शीर्ष तहबाट आउने सुझावपछि त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गरिन्छ।’































प्रतिक्रिया