सहमतिमै राजनीतिलाई अगाडि बढाउँछु, नमिल्दा देश संकटमा पुग्यो -प्रधानमन्त्री

सहमतिमै राजनीतिलाई अगाडि बढाउँछु, नमिल्दा देश संकटमा पुग्यो -प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमती, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन आफू प्रतिवद्ध रहेको बताएका छन् । 

मंगलवार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । उनले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प आफूले लिएको र त्यसलाई पूरा गर्न आफूले संसदमा विश्वासको मत मागेको पनि स्पष्ट पारे । 

प्रधानमन्त्री प्रचण्डले बामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर मात्रै मुलुकमा सार्थक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आफूले सोही बाटोबाट अघि बढने नीति लिएको बताए । उनले राजनीतिक दलहरु मिल्दा मुलुक अगाडि बढेको र नमिल्दा संकटको सामना गर्नु परेको तथ्य पनि स्मरण गराए । 

‘यो देशमा जतिपनि सार्थक परिवर्तन भएका छन् । बामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर भएका छन् । १०४ वर्ष लामो राणा शासन होस् वा ३० वर्ष लामो पञ्चायती निरंकुशता बाम लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको हो ।’ उनले भने, ‘१२ बुँदै समझदारी विस्तृत शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र हामी बीचको सहकार्यकै परिणाम हो । राष्ट्रिय संकटका संवेदनशील क्षणहरुमा पनि हामी राजनीतिक शक्तिहरु एकैठाउमा उभिदै आएका छौं । हामी मिल्दा देश अगाडि गएको छ । नमिल्दा देश संकटतिर गएको छ ।’

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको रुपमा आफ्नो पहिलो कार्यकाल सोचेजस्तो नभएको, दोस्रो कार्यकालमा केही गरेको र तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएकाले त्यसमा साथ दिन पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गरे ।

Skip This
Skip This
Logo