खर्च धान्नै नसक्ने प्रदेश सभा खारेज गर्न सांसद रिता माझीको माग

खर्च धान्नै नसक्ने प्रदेश सभा खारेज गर्न सांसद रिता माझीको माग

केन्द्रबिन्दु
0
Shares

हेटौंडा ।

बुधबार बसेको वागमती प्रदेश सभामा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रिता माझीले मुलुकको आर्थिक समृद्धि चाहने हो भने धान्नै नसक्ने प्रदेश खारेज गरि यो अधिवेशनलाई अन्तिम अधिवेशन बनाउन शुभकामना दिएकी छिन् ।

सभामा बोल्दै सांसद माझीले गरिब, भोका, कोरोनाबाट पीडित जनताका लागि नभई पद, प्रतिष्ठा र कुर्सीको लागि राजनीतिक माहोल तातिनु राम्रो नभएको यसले अस्थिरता ल्याउने जिकिर गरिन् ।

सांसद माझीले अहिलेको व्यवस्था सफल नभएको र फेल भएको बताउँदै अबको विकल्प निरन्तरतासहितको परिवर्तनलाई संस्थागत गर्नुको विकल्प नभएको र सो को लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताइन् । सांसद माझीले देशले धान्नै नसक्ने संघीयता खारेज गरि निर्वाचनको विकल्पमा जानु पर्ने बताइन् ।

बैठकमा डोरमणि पौडेल, इन्द्र बानियाँ, अष्टलक्ष्मी शाक्य, रमेश पौडेल, रिना गुरुङ्ग, सुरेन्द्रराज गोसाईले शुभकामना राखेका थिए ।

Skip This
Skip This
Logo