मधेशको मुख्‍यमन्त्रीमा जसपाका यादवले गरे दाबी पेश

मधेशको मुख्‍यमन्त्रीमा जसपाका यादवले गरे दाबी पेश

केन्द्रबिन्दु
0
Shares

मधेस प्रदेशको मुख्‍यमन्त्रीमा जनता समाजवादी पार्टी जसपाका संसदीय दलका नेता सरोजकुमार यादवले दाबी पेश गरेका छन्।

सत्तारूढ गठबन्धन र स्वतन्त्र एकसमेत गरी ६३ सांसदको समर्थनसहित यादवले दाबी पेश गरेका हुन्। सत्तारूढ गठबन्धन दलहरूबीच मधेस प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने सहमतिअनुसार जसपा संसदीय दलका नेता यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका हुन्।

कुल १०७ सांसद रहेको मधेश प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ। गठबन्धनमा आबद्ध नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग कुल ६२ सांसद छन्। मधेश प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख मिश्रले पुस २८ गते साँझ ५ बजेसम्मको समय दिएका छन्।

Skip This
Skip This
Logo