शीर्ष स्थानको पीएसजीलाई ६ अंकको अग्रता

शीर्ष स्थानको पीएसजीलाई ६ अंकको अग्रता

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी)  विजयी भएको छ ।

बिहिबार बिहान सकिएको खेलमा शीर्ष स्थानको पीएसजीले पुछारमा रहेको एन्जर्सलाई २–० गोलले पराजित गरेको हो । जितसँगै १८ खेलबाट ४७ अंक जोडेको पीएसजीले तालिकामा ६ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको लेन्सले राती नै भएको खेलमा बराबरी खेल्दै अंक बाँडेपछि त्यसको फाइदा पीएसजीलाई तालिकामा भएको हो ।

पीएसजीलाई जिताउनका लागि ह्युगे एकिटिकेले ५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ७२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीको जित पक्का गरे ।

यस्तै, लेन्सले  स्टारबर्गसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । लेन्स ४१ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने स्टारबर्ग १९ औं स्थानमा रहेको छ ।

Skip This
Skip This
Logo